२.१ कम्पनी :
(क) कम्पनी : उद्योग व्यवसाय गर्न चाहने व्यक्ति वा समूहले कम्पनी ऐन, २०६३ अनुरुप
प्रा.लि. तथा प.लि. को रुपमा संस्थापन गरेका अविच्छिन्न उत्तराधिकारवाला एक
स्वशासित र संगठित संस्थालाइ बुझिन्छ । यसले व्यक्तिसरह चल अचल सम्पत्ति प्राप्त
गर्न, राख्न, वेचविखन गर्न वा अन्य किसिमले व्यवसाय गर्न सक्छ साथै यसले आफ्नो
नामबाट नालिस उजुर गर्न सक्छ ।
(ख) प्राइभेट कम्पनी : उपरोक्त क बमोजिम संस्थापित बढीमा ५० जनासम्म शेयरधनीहरुको
कम्पनी हो साथै एकल शेयरधनी भएको कम्पनी पनि प्राइभेट कम्पनी अर्न्तर्गत पर्दछ ।
(ग) पव्लिक कम्पनी : उक्त क बमोजिम संस्थापित कम्पनीमध्ये प्राइभेट कम्पनीबाहेकको
कम्पनी हो जसमा कम्तीमा ७ जना संस्थापक रहनु पर्ने र चुक्ता पूजी कम्तीमा रु.१ करोड
भएको हुनुपर्दछ ।
(घ) मुनाफा वितरण नगर्ने कम्पनी : कुनै उद्येश्य प्राप्तीको लागी आर्जित मुनाफा वा
वचत गरेको रकमबाट लाभांस वा अन्य कुनै रकम सदस्यहरुलाइ वितरण वा भुक्तानी गर्न
नपाउने गरी कम्पनी ऐन, २०६३ बमोजिम संस्थापित कम्पनी हो जसमा कम्तीमा ५ जनासम्म
संस्थापक रहने र यस्तो कम्पनीले आफ्नो नामको पछाडि सामान्यतया कम्पनी लिमिटेड वा
प्रा.लि. जस्ता शव्दहरु लेखिरहनु पर्दैन ।
२.२ कम्पनी दर्ता :
कुनै पनि कम्पनी दर्ता उद्योग वाणिज्य तथा आपर्ूर्ती मन्त्रालय अर्न्तर्गत कम्पनी
रजिष्ट्रारको कार्यालयबाट हुन्छ जसको दागी देहायबमोजिमका कागजपत्रहरु आवश्यक पर्दछन्
।
२.२.१ नेपाली नागरिक शेयरधनी रहने -मुनाफा वितरण नगर्ने समेत) गरी संस्थापन हुने
कम्पनीको सम्बन्धमा :
- रु. ५ को टिकट टांसिएको अनुसूची १ बमोजिमको निवेदन ।
- एकल शेयरधनी रहने प्रस्तावित प्राइभेट कम्पनी भएमा अनुसूची ७ बमोजिम, एकल बाहेक
अन्य प्राइभेट कम्पनी भएमा अनुसूची ८ बमोजिम, पव्लिक लिमिटेड कम्पनी भएमा अनुसूची ९
बमोजिम र मुनाफा वितरण नगर्ने कम्पनी भएमा अनुसूची १० बमोजिमको प्रबन्धपत्र २ प्रति
।
- प्रस्तावित कम्पनी प्राइभेट लिमिटेड भएमा अनुसूची १२ बमोजिम, पव्लिक लिमिटेड
कम्पनी भए अनुसूची १३ बमोजिम र मुनाफा वितरण नगर्ने कम्पनी भए अनुसूची १४ बमोजिमको
नियमावली २ प्रति ।
- संस्थापक शेयरधनीहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
- प्रा.लि.कम्पनीको हकमा र्सवसम्मत संझौता भएको रहेछ भने त्यस्तो संझौताको
प्रतिलिपि ।
- पव्लिक लिमिटेड कम्पनीको हकमा कम्पनी संस्थापना गर्नु अघि संस्थापकहरुबीच कुनै
संझौता भएको रहेछ भने सोको प्रतिलिपि ।
- कुनै निकायको पूर्व स्वीकृति वा इजाजत आवश्यक पर्ने भए त्यस्तो निकायको स्वीकृति
वा इजाजत ।
- संस्थापक नेपाली कम्पनी
(कानूनी व्यक्ति) भएमा कम्पनी दर्ता प्रमाणपत्रको
प्रतिलिपि, नया संस्थापना हुन लागेको कम्पनीमा के, कति र कसरी लगानी गर्ने तथा
संस्थापक कम्पनीको प्रतिनिधित्व गर्ने व्यक्तिको नाम खुलाइएको संचालक समीतिको
निर्णयको प्रतिलिपि र प्रतिनिधिको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२.२.२ विदेशी नागरिक संस्थापक तथा शेयरधनी रहने गरी स्थापना हुने संयुक्त लगानी वा
पूर्ण विदेशी लगानी हुने कम्पनीको लागी आवश्यक थप कागजपत्र ।
- प्रचलित कानून वमोजिम सम्वन्धित निकायबाट नेपाल अधिराज्यभित्र लगानी गर्न अनुमति
पाएको इजाजतपत्रको प्रतिलिपि,
- संयुक्त लगानी हुने औद्योगिक कम्पनीको हकमा उद्योग विभागबाट स्वीकृति तथा
संयुक्त लगानी सम्झौताको प्रतिलिपि,
- विदेशी व्यक्ति संस्थापक भएमा निजको राहदानी
(पासपोर्ट) को प्रमाणित प्रतिलिपि
र कानूनी व्यक्ति
(कम्पनी) भए कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा
कम्पनीले लगानी गर्ने सम्वन्धी
निर्णयको प्रतिलिपि र कम्पनीको तर्फाट
प्रतिनिधित्व गर्ने व्यक्तिको मनोनयन पत्र एवं निजको राहदानीको प्रमाणित प्रतिलिपि
।
२.२.३ प्राइभेट र्फम । साझेदारी
फर्मलाइ कम्पनीमा परिणत गरी कम्पनी दर्ता गर्न
आवश्यक थप कागजपत्र
- प्रा.र्फम/साझेदारी र्फमलाई कम्पनीमा परिणत गर्ने सन्वन्धमा संस्थापकहरुवीचको
संझौता ।
- नविकरण गरिएको र्फम दर्ता प्रमाणपत्र ।
- आयकर दर्ताको प्रमाणपत्रको प्रतिलिपि र कर फछ्र्यौटको प्रमाण वा सहमती ।
२.२.४ प्राइभेट लिमिटेडलाई पव्लिक लिमिटेडमा र पव्लिक लिमिटेडलाई प्राइभेट लिमिटेडमा
परिणत गर्न आवश्यक कागजपत्र
:फर्म
क) प्रा.लि.लाई प.लि. मा परिणत गर्न आवश्यक थप कागजपत्र
:
- रु. ५ को टिकटसहित अनुसूची ४ बमोजिमको निवेदन ।
- साधारण सभाको
निर्णयको प्रतिलिपि ।
- कम्पनीमा कम्तीमा २५ प्रतिशत शेयर पव्लिक कम्पनीले खरिद गरेको कागजात ।
- कम्पनीले कुनै पव्लिक कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर खरिद गरेको कागजात ।
- प्रस्तावित ३ महले प्रवन्धपत्र र नियमावलीको १।१ प्रति ।
- संस्थापक थप हुने भए नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
ख) प.लि.लाई प्रा.लि.मा परिणत गर्न आवश्यक थप कागजपत्र
:
- रु. ५ को टिकटसहित अनुसूची ४ बमोजिमको निवेदन ।
- साधारण सभाको
निर्णयको प्रतिलिपि ।
- पूजी खुलेको लेखा परिक्षण प्रतिवेदन ।
- शेयरधनी संख्या ७ भन्दा कम भएको कारणबाट पव्लिक लिमिटेडबाट प्रा.लि.मा परिणत हुने
- भएमा सोसम्बन्धि कागजात ।
- प्रस्तावित ३ महले प्रवन्धपत्र र नियमावलीको १।१ प्रति ।
- संस्थापक थप हुने भए नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२.२.५ विदेशी कम्पनीको दर्ता, शाखा कार्यालय र सर्म्पर्क कार्यालय स्थापना सम्वन्धि
(दफा १५४,१५५)
- अनुसुची २९ बमोजिमको ढांचामा निवेदन ।
- व्यवसाय वा कारोवार संचालनको लागी अधिकारप्राप्त अधिकारीबाट प्राप्त अनुमतिपत्र ।
- कम्पनी संस्थापनको अधिकार पत्र, प्रमाणपत्र, प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि
र सोको नेपाली अनुवाद ।
- कम्पनीको मूल कार्यालय र कारोवार गर्ने मूख्य ठेगाना, कम्पनी संस्थापना भएको मिति,
जारी पूजी र मूख्य उद्येश्य खुलेको विवरण ।
- कम्पनीका संचालक, प्रवन्धक, कम्पनी सचिव वा प्रमुख पदाधिकारीस्को नाम, ठेगाना र
निजहरुको नागरिकता सम्वन्धि विवरण ।
- म्याद सूचना जारी हुदा कम्पनीको तर्फाट वुझिलिने आधिकारिक व्यक्तिको नाम ठेगाना
खुलेको विवरण ।
- नेपाल अधिराज्यमा व्यवसाय वा कारोवार गर्ने भए प्रस्तावित लगानी र कारोवारको
विवरण ।
- नेपाल अधिराज्यमा व्यवसाय वा कारोवार गर्ने मूख्य स्थान र ठेगाना ।
- नेपालमा व्यवसाय वा कारोवार शुरु गर्ने प्रस्तावित मिति ।
- कम्पनीको संचालक वा निजको प्रतिनिधिले कम्पनीको तर्फाट गरेको उद्घोषण ।
- दफा १५७ बमोजिमको अख्तियारनामा ।
२.२.६ शाखा थपको अभिलेख गर्ने
:
- कम्पनीको अनुरोधपत्र ।
- संचालक समीतिको
निर्णय प्रतिलिपि ।
- हाल थप समेत कायम रहने शाखा विवरण ।
२.२.७ कम्पनी दर्ता सम्बन्धमा ध्यान दिनुपर्ने कुराहरु
:
- प्राइभेट लिमिटेड कम्पनीको हकमा कम्तीमा एक जना र बढीमा ५० जनासम्म र प.लि. कम्पनीको
हकमा कम्तीमा ७ जना संस्थापक शेयरधनीहरु हुनु आवश्यक छ । तर कुनै पव्लिक लिमिटेड
कम्पनी संस्थापक भई अर्को पव्लिक लिमिटेड कम्पनी संस्थापना गर्दा ७ जना
संस्थापकहरुको आवश्यकता पर्दैन ।
- प्रवन्धपत्र र नियमावली यथाशक्य नेपाली कागजमा अथवा टिकाउ खालको कागजमा
एकातर्फमात्र टाइप भएको हुनर्ुपर्दछ ।
- प्रवन्धपत्र र नियमावली शुद्ध तथा स्पष्ट नेपाली भाषामा तयार गरिएको हुनर्ुपर्दछ ।
विदेशी लगानी हुने कम्पनीको हकमा प्रवन्धपत्र र नियमावली शुद्ध तथा स्पष्ट अंग्रेजी
भाषामा तयार गरिएको हुनर्ुपर्छ तर ती दुवैको नेपाली रुपान्तर पनि पेश गर्नु पर्दछ ।
- प्रवन्धपत्र र नियमावलीको प्रत्येक पानामा तलतिर सबै संस्थापक शेयरवालाहरुले दस्तखत
गरेको हुनुपर्दछ । प्रवन्धपत्र र नियमावलीको अन्तिम प्रकरणमा संस्थापक
शेयरवालाहरुको पूरा नाम, ठेगाना, लिन कवुल गरेको शेयर संख्या र दस्तखतको साथ साथै
प्रत्येकसंस्थापकको दस्तखत मुनीस्पष्ट वूझिने गरी ल्याप्चे सहिछाप हुनर्ुपर्दछ ।
संस्थापक शेयरवाला पिच्छे एकजना साक्षीको पूरा नाम, ठेगाना र दस्तखत हुनु आवश्यक छ
।
- नयाँ कम्पनी दर्ता हुँदा त्यस्तो कम्पनीको शेयर पूरानो कम्पनीले खरीद गर्ने
प्रावधान राखिएमा पूरानो कम्पनीको आर्थिक अवस्था चित्रण भएको प्रमाण पेश गर्नुपर्छ
।
- कम्पनी दर्ता गर्न आउदा संस्थापक शेयरधनीहरुमध्ये कम्तीमा १ जना शैयरधनी कार्यालयमा
स्वयम् उपस्थित भै सनाखत गर्नु पर्दछ ।
२.३ कम्पनी प्रशासन
कम्पनी प्रशासनसंग सम्बन्धित कार्यका लागी आवश्यक कागजातहरु देहायबमोजिम रहेका छन्
।
२.३.१ शेयरपूजीको हेरफेर गर्ने
(दफा ५६)
(क)
शेयरपुजी बृद्धिको अभिलेख गर्ने
कम्पनीको स्वीकृत नियमावलीमा गरिएको व्यवस्थाको अधीनमा रही साधारण सभामा विशेष
प्रस्ताव पारित गरी कुनै कम्पनीले दहाय वमोजिम आफ्नो शेयर पूँजी हेरफेर गर्न सक्नेछ
।
(क) कम्पनीले उपयुक्त ठानेको रकमको नयाँ शेयर सिजर्ना गरी कम्पनीको अधिकृत शेयर
पूँजीमा वृद्धि गरेर,
(ख) कम्पनीको सवै वा केही शेयर पूँजीलाई अंकित मूल्य भन्दा वढी वा घटी मूल्यको
शेयरमा एकिकृत वा बिभाजन गरेर,
(ग) प्रस्ताव पारित हुँदाका दिन सम्म कसैले पनि नलिएको वा शेयर लिन मन्जुर नगरेको
वा दफा ५३ को उपदफा
(३) वमोपिजम जफत भएकचो शेयर खारेज गरी सो खारेज भएको शेयरको
मूल्य वरावरको कम्पनीको शेयर पूँजीको रकम घटाएर ।
सोको लागि आवश्यक कागजातहरु देहाय वमोजिम छन् ।
- कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र ।
- संशोधन गर्न चाहेको पूर्ण बिवरण -साविक व्यवस्था, संशोधित व्यवस्था र संशोधन
गर्नुपर्नाको कारण ।
- कम्पनीको साधारण सभामा विशेष प्रस्तावमा छलफल गरी
निर्णय भएको माइन्यूटको
प्रमाणित प्रतिलिपि । तर स्वीकृत अधिकृत पूजीको हदसम्म जारी पूजी बढाउन आवश्यक परेमा
साधारण सभामा सामान्य प्रस्ताव पारीत भएको
निर्णयको प्रतिलिपि ।
- वहुसंख्यक संचालकहरुको दस्तखत भएको थप वा संशोधित प्रवन्धपत्रको दफा वा नियमावलीको
नियमको २/२ प्रति ।
- विदेशी लगानी,विदेशी कम्पनी, बैदेशिक रोजगार, सुरक्षा गार्ड र वित्त सम्वन्धी
कम्पनीको हकमा क्रमशः उद्योग विभाग, श्रम तथा रोजगार पर््रवर्द्धन विभाग, सम्वन्धित
क्षेत्रीय प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंकको स्वीकृति वा सिफारिश पत्र ।
- अधिकृत पूँजी वृद्धि हुने अवस्थामा साविक पूँजी र हाल वृद्धि हुने पूँजीमा हुने
अन्तर बमोजिमको रजिष्ट्रेशन दस्तुर ।
(ख)
शेयर पूजी घटाइएको अभिलेख गर्ने
(दफा ५७)
कम्पनीले आफ्नो शेयर पूँजी घटाउन चाहेकमा सो बिषयमा साधारण सभामा विशेष प्रस्ताव
पारित गरी अदालतको स्वीकृति लिई सो वमोजिम प्रवन्ध पत्र र नियमावलीमा आवश्यक हेरफेर
वा संशोधन गरी शेयर पूँजी घटाउन सक्नेछ । सोको अभिलेखको लागि देहायका कागजातसहित
कार्यालयमा निवेदन दिनु पर्दछु ।
- कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र ।
- संशोधन गर्न चाहेको पूर्ण बिवरण
(साविक व्यवस्था, संशोधित व्यवस्था र संशोधन
गर्नुपर्नाको कारण ।
- अदालतको स्वीकृति सहितको
निर्णयको प्रमाणित प्रतिलिपि ।
२.३.२ कम्पनीको नाम परिवर्तन/संशोधन
(दफा २१.३)
- कम्पनीको आवेदन पत्र वा अनुरोध पत्र ।
- संशोधन गर्न चाहेको पूर्ण विवरण -साविक व्यबस्था, संशोधित व्यबस्था र संशोधन गनु
पर्नाको कारण ।
- कम्पनीको साधारण सभामा विशेष प्रस्तावमा छलफल गरी
निर्णय भएको माइन्यूटको
प्रमाणित प्रतिलिपि ।
- वहुसख्यक संचालकहरुको दस्तखत भएको संशोधत प्रवन्धपत्रको दफा वा निमावलीको नियम
२/२ प्रति
- विदेशी लगानी, विदेशी कम्पनी, वैदेशिक रोजगार, सुरक्षा गार्ड, वीमा र वित्त
सम्बन्धी कम्पनीको हकमा क्रमशः उद्योग विभाग, श्रम तथा रोजगार पर््रवर्द्धन बिभाग,
सम्वन्धित क्षेत्रीय प्रशासन कार्यालय, वीमा समिति र नेपाल राष्ट्र वैंकको स्वीकृति
वा सिफारिश पत्र ।
- कम्पनीको सक्कल प्रमाण पत्र ।
- आन्तरिक राजश्व कार्यालयको सहमति पत्र ।
२.३.३ कम्पनीको प्रवन्धपत्र । नियमावलीमा संशोधन
(दफा २१.३)
- कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र ।
- संशोधन गर्न चाहेको पूर्ण बिवरण -साविक व्यवस्था, संशोधित व्यवस्था र संशोधन
गर्नुपर्नाको कारण ।
- कम्पनीको साधारण सभामा विशेष प्रस्ताववाट
निर्णय भएको माइन्यूटको प्रमाणित
प्रतिलिपि ।
- वहुसंख्यक संचालकहरुको दस्तखत भएको थप वा संशोधित प्रवन्ध पत्रको दफा वा
नियमावलीको नियमको २/२ प्रति ।
- विदेशी लगानी, विदेशी कम्पनी, बैदेशिक रोजगार, सुरक्षा गार्ड र वीमा र वित्त
सम्वन्धी कम्पनीको हकमा क्रमशः उद्योग विभाग, श्रम तथा रोजगार
प्रवर्द्धन विभाग,
सम्वन्धित क्षेत्रीय प्रशासन कार्यालय, वीमा समिति र नेपाल राष्ट्र बैंकको स्वीकृति
वा सिफारिश पत्र ।
२.३.४ पव्लिक कम्पनीको कारोवार गर्ने स्वीकृति
(दफा ६३)
- कारोवार स्वीकृत गरी पाउन रु.५ को टिकटसहित कम्पनीको अनुरोधपत्र ।
- संस्थापक शेयरधनीहरुले लिन कवुल गरेको शेयर वापतको शतप्रतिशत रकम चुक्ता भएको
संचालक समितिको
निर्णयको प्रतिलिपि, शेयरधनीको लगत र सो दाखिला भएको बैंक
स्टेटमेन्ट ।
- कुनै खास व्यवसाय संचालन गर्ने कम्पनीको हकमा प्रचलित कानूनबमोजिम त्यस्तो
व्यवसाय नियमित गर्ने अधिकारप्राप्त नियमनकारी निकायबाट इजाजत प्रदान गर्दा त्यस्तो
व्यवसाय शुरु गर्नु अघि कुनै शर्त निर्धारण गरिएको भए सो शर्त पुरा गरेको प्रमाण ।
- प्रचलित नेपाल कानून वमोजिम स्वीकृति वा इजाजत लिनुपर्नेमा सम्वन्धित निकायको
स्वीकृति वा इजाजत ।
२.३.५ प्रवन्धपत्र र नियमावलीमा देखिएको सामान्य त्रुटी सच्याउने सम्बन्धमा
(दफा
१९.४)
- प्रवन्त्रपत्र वा नियमावलीमा छपाइ वा टाइपको गल्तीले सामान्य त्रुटी देखिएमा सो
सच्याइ पाउन कम्पनी संस्थापना भएको १ वर्षभत्र दिएको अनुसूचि ११ वमोजिमको निवेदन ।
- कम्पनीको संचालक समीतिको
निर्णय ।
- संशोधन गर्न चाहेको पूर्ण बिवरण -साविक व्यवस्था, संशोधित व्यवस्था र संशोधन
गर्नुपर्नाको कारण ।
तर कम्पनीको मूल उद्देश्यमा फरक पर्ने गरी कुनै कुरा सच्याउन सकिने छैन ।
२.३.६ प्रिमियममूल्यको शेयर जारी गर्ने सम्बन्धमा
(दफा २९)
- कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र ।
- लगातार तीन वर्षम्म कम्पनी मुनाफामा सञ्चालन भई लाभांश वितरण गरेको प्रमाण ।,
- कम्पनीको सम्पूर्ण दायित्वभन्दा खुद सम्पती
(नेर्टवर्थ) बढी भएको भनि लेखा
परिक्षकले प्रमाणित गरेको प्रतिवेवद ।
- कम्पनीको साधारण सभाले प्रिमियम मूल्यका शेयर जारी गर्ने गरेको
निर्णय प्रतिलिपि ।
- तीन वर्षो लेखापरीक्षण भएको आर्थिक विवरण
२.३.७ शेयरधनी र डिवेञ्चरवालाको लगत अभिलेख गर्ने
(दफा ४६) :
- कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र ।
- हाल कायम रहेको शेयरधनीको दर्ता कितावको कम्पनी ऐन,२०६३ को दफा ४६
(२) र (३) को ढाँचा अनुसारको लगत ।
- संचालक समीतिबाट शेयर खरीद विक्री वा हक हस्तान्तरण भएको
निर्णयको प्रमाणित
प्रतिलिपि ।
- शेयर । डिवेन्चर खरी विक्रि सम्वन्धि अनुसूची १८ वमोजिमको लिखत ।
- सम्वन्धित निकाय
-नेपाल राष्ट्र बैंक, क्षेत्रीय प्रशासन कार्यालय, वीमा समिति,
उद्योग विभाग, श्रम तथा रोजगार
प्रवर्द्धन विभाग, पर्यटन उद्योग महाशाखा
(प.तथा
ना.उ.म.) बाट शेयर। डिवेञ्चर खरीद विक्रीको लागि दिएको सहमति ।
- नयाँ शेयरधनीको हकमा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२.३.८ कम्पनीको एकिकरण गर्ने । गाभ्ने स्वीकृति
(दफा १७७) :
- कम्पनी एकिकरण गर्ने सम्वन्धि प्रस्ताव पारीत भएको ३० दिन भित्रको संयुक्त निवेदन
पत्र ।
- पव्लिक कम्पनीको हकमा विशेष प्रस्ताव पारीत गरेको साधारण सभाको
निर्णयको प्रमाणित प्रतिलिपि र प्राइभेट कम्पनी भए गाभिने अधिकार दिने प्रवन्धपत्र, निमावली
वा र्सवसम्मत संझौताको तत्सम्वन्धी व्यबस्थाको प्रतिलिपि ।
- गाभिने कम्पनीको अन्तिम वासलात र ले.प. प्रतिवेदन ।
- गाभिने र गाभ्ने कम्पनीका साहुहरुका लिखित सहमति पत्रको प्रतिलिपि ।
- गाभिने कम्पनीको चलअचल सम्पत्तिको मूल्यांकन, सम्पत्ति र दायित्वको सम्वन्धमा
मूल्यांकनकर्ता । लेखा परिक्षकवाट प्रमाणित गरेको यथार्थ विवरण ।
- गाभिने र गाभ्ने कम्पनीले गाभ्ने कम्पनीका साहुहरु र कामदार तथा कर्मचारीका
सम्वन्धमा कुनै
निर्णय गरेको भए सो निर्णयको प्रमाणित प्रतिलिपि ।
- कम्पनीहरुका वीच एकापसमा गाभिन सम्पन्न भएको सहमति पत्र ।
- गाभिने कम्पनीको आन्तरिक राजश्व कार्यालयको करचुक्ताको प्रमाण वा सहमती ।
- दुवै कम्पनीका सक्कल प्रमाणपत्रहरु ।
- आबश्यकतानुसार सम्वन्धित निकायको शिफारिस वा स्वीकृतिपत्र ।
२.३.९ शेयर पूँजी घटाइएको अभिलेख
(दफा ५७) :
- विवरण प्रकाशनको लागि धितोपत्र वोर्डवाट भएको स्वीकृतिपत्रको प्रतिलिपि सहित
कम्पनीको निवेदन ।
- सवै संचालकवाट हस्ताक्षर भएको प्रकाशनको लागि प्रस्तावित विवरण पत्र २ प्रति ।
- विवरणपत्र प्रकाशन हुने मिति सम्मको लेखापरिक्षण प्रतिवेदन ।
द्रष्टव्यः धितोपत्र वोर्डवाट स्वीकृत भएको विवरणपत्र भएतापनि यस ऐनमा व्यबस्था भएका
कुनै प्रावधान पालना नभएको पाइएमा सो विवरणपत्र कार्यालयले दर्ता गर्न इन्कार गर्न
सक्नेछ ।
२.३.१० एकल शेयर धनी भएका कम्पनी सम्वन्धि व्यबस्था
(१५२,१५३)
- एकल शेयर धनी भएको कम्पनीले नियमावलीमा अन्यथा व्यबस्था भएकोमा वाहेक सञ्चालक
समितिको वैठक वा साधारण सभा वोलाउनु पर्ने छैन । सम्पूर्ण काम कारवाही वा
निर्णय शेयरधनीको लिखित
निर्णय नुसार हुनेछ ।
- त्यस्तो शेयरधनीको मुत्यू भएमा निजको हकदारहरुले सञ्चालक समितिको सम्पूर्ण काम
गरी लिखित रुपमा शेयर हस्तान्तरण र दाखा
निर्णय गर्ने छैन । सो को सिलसिलामा
हकवालालाई हक प्राप्त भएको १ महिनाभित्र कार्यालयलाई प्रमाण सहित जानकारी गराउने ।
- कार्यालयले तोकिएको दस्तुर लिई अभिलेख गरी जानकारी दिने ।
- कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने ।
२.३.११ विदेशी लगानी भएका कम्पनी सम्वन्धि व्यबस्था
(१५४,१५५,१५६)
- यस ऐन को दफा १५४ वमोजिम दर्ता भएको विदेशी नेपाल अधिराज्य भित्र शेयर वा
डिवेन्चर निश्कासन गर्न सक्ने छैन ।
- प्रत्येक विदेशी कम्पनीले स्पष्ट वासलात र नाफानोक्सानको हिसाव सहितको वाषिर्क
आर्थिक विवरण तयार गरि लेप समेत गर्राई आ.व. समाप्त भएको ६ महिना भित्र कार्यालयमा
पेश गर्नु पर्नेछ ।
- उक्त प्रतिवेदन र साथमा संलग्न हुनु पर्ने निम्न कागजात आधिकारिक अङ्ग्रेजी वा
नेपाली भाषामा हुनु पर्नेछ ।
- नेपालमा सर्म्पर्क कार्यालय दर्ता गराएको विदेशी कम्पनीले कार्यालय सञ्चालनमा
गरेको खर्च र प्रचलित कानून वमोजिम गरेको कर कटि्ट समेतको विवरण ले.प. वाट प्रमाणित
गर्राई आ.व. समाप्त भएको ३ महिना भित्र कार्यालयमा पेश गर्नु पर्नेछ ।
- विदेशी कम्पनीले लिखतहरु दाखिला गर्नु पर्ने (१५५)
२.३.१२ मुनाफा वितरण नगर्ने कम्पनी सम्वन्धि व्यबस्था
(दफा १६७)
(क) मुनाफा वितरण नगर्ने कम्पनी संस्थापना गर्न शेयर पूँजी आवश्यक पर्ने छैन ।
(ख) कम्पनीको कुनै सदस्यले लिखित रुपमा स्वीकार गरेको अवस्थामा बाहेक कम्पनीको ऋण
वा दायित्वमा यसका सदस्यहरु जिम्मेवार हुने छैनन् ।
(ग) शेयर पूँजी भएको कम्पनीलाई मात्र लागू हुन सक्ने व्यवस्थाहरु बाहेक सुचीकृत
कम्पनीलाई लागू हुने यस ऐनका सम्पूर्ण व्यवस्थाहरु कम्पनी, यसका सञ्चालक,
पदाधिकारी, लेखापरीक्षक तथा कर्मचारीलाई समेत लागू हुनेछन् ।
(घ) कम्पनीले प्राप्त गरेको मुनाफाबाट लाभांश वा अन्य कुनै रकम यसका सदस्यलाई वितरण
गर्ने छैन र कम्पनीले आर्जन गरेको मुनाफा कम्पनीको पूँजी बृद्धि गर्न वा त्यसको
उद्देश्य प्राप्तिका लागि खर्च गरिनेछ ।
(ङ) कम्पनीले आफ्नो उद्देश्यमा परिवर्तन गर्दा कार्यालयको पूर्व स्वीकृति लिनु
पर्नेछ ।
(च) यस परिच्छेद बमोजिम संस्थापित कम्पनीका सदस्यहरुले आफु मध्येबाट एक सदस्य एक
मतको हिसाबले नियमावलीमा निर्धारण गरिएको संख्यामा सञ्चालकहरु निर्वाचन गर्नेछन् ।
(छ) यस परिच्छेद बमोजिम संस्थापित कम्पनीमा काम गर्ने पदाधिकारीले पाउने वैठक भत्ता,
तलव, सुविधा तथा कम्पनीको संस्थापना खर्च र सञ्चालन खर्च कार्यालयले तोके भन्दा बढी
हुने छैन र कार्यालयले यसरी खर्च तोक्दा त्यस्तो कम्पनीको पूँजीगत अवस्था तथा
मुनाफालाई आधार लिनु पर्नेछ ।
(ज) यस परिच्छेद बमोजिम संस्थापित कम्पनी विघटन भएमा वा दर्ता खारेजीमा परेमा
कम्पनीको ऋण तथा दायित्व फछ्र्यौट गरी बाँकी रहेको जायजेथा कम्पनीको नियमावलीमा कुनै
व्यवस्था गरिएको भए सोही बमोजिम र व्यवस्था नभएकोमा श्री ५ को सरकारमा र्सर्नेछ ।
उपरोक्त लेखिएको व्यवस्था उल्लंघन भएमा कार्यालयले त्यसरी उल्लंघन गर्ने कम्पनीको
दर्ता खारेज गर्न सक्नेछ ।
२.३.१३ राजश्व सम्वन्धि व्यबस्था
:
अनुसूची ३२
नेपाल सरकारले कम्पनी ऐन, २०६३ को देहायका दफाहरुको प्रयोजनको लागि देहाय वमोजिमको
दस्तुर तोकेको
छ :-
१. दफा ४ को प्रयोजनको लागि
:
क) प्राईभेट लिमिटेड कम्पनी
१. रु १,००,०००/- सम्मको अधिकृत पूँजी भएको रु. १,०००/-
२. रु. १,००,००१/- देखि रु ५,००,००० /- अधिकृत पूँजी भएको रु. ४,५००/-
३. रु. ५,००,००१/- देखि रु २५,००,००० /- अधिकृत पूँजी भएको रु. ९,५००/-
४. रु. २५,००,००१/- देखि रु १,००,००,००० /- अधिकृत पूँजी भएको रु. १६,०००/-
५. रु. १,००,००,००१/- देखि रु २,००,००,००० /- अधिकृत पूँजी भएको रु. १९,०००/-
६. रु. २,००,००,००१/- देखि रु ३,००,००,००० /- अधिकृत पूँजी भएको रु. २२,०००/-
७. रु. ३,००,००,००१/- देखि रु ४,००,००,००० /- अधिकृत पूँजी भएको रु. २५,०००/-
८. रु. ४,००,००,००१/- देखि रु ५,००,००,००० /- अधिकृत पूँजी भएको रु. २८,०००/-
९. रु. ५,००,००,००१/- देखि रु ६,००,००,००० /- अधिकृत पूँजी भएको रु. ३१,०००/-
१०. रु. ६,००,००,००१/- देखि रु ७,००,००,००० /- अधिकृत पूँजी भएको रु. ३४,०००/-
११. रु. ७,००,००,००१/- देखि रु ८,००,००,००० /- अधिकृत पूँजी भएको रु. ३७,०००/-
१२. रु. ८,००,००,००१/- देखि रु ९,००,००,००० /- अधिकृत पूँजी भएको रु. ४०,०००/-
१३. रु. ९,००,००,००१/- देखि रु १०,००,००,००० /- अधिकृत पूँजी भएको रु. ४३,०००/-
१४. रु. १०,००,००,०००/- भन्दा माथि प्रति १ लाखको रु ३०/- का दरले दस्तुर लाग्ने छ
।
ख) पव्लिक लिमिटेड कम्पनी
१. रु १,००,००,००० /- अधिकृत पूँजी भएको रु. १५,०००/-
२. रु १,००,००,००१ /- देखि रु १०,००,००,००० /- अधिकृत पूँजी भएको रु. ४०,०००/-
३. रु १०,००,००,००१ /- देखि रु २०,००,००,००० /- अधिकृत पूँजी भएको रु. ७०,०००/-
४. रु २०,००,००,००१ /- देखि रु ३०,००,००,००० /- अधिकृत पूँजी भएको रु. १००,०००/-
५. रु ३०,००,००,००१ /- देखि रु ४०,००,००,००० /- अधिकृत पूँजी भएको रु. १३०,०००/-
६. रु ४०,००,००,००१ /- देखि रु ५०,००,००,००० /- अधिकृत पूँजी भएको रु. १६०,०००/-
७. रु. ५०,००,००,०००/- भन्दा माथिको अधिकृत पूँजी भएमा प्रति १ करोडको रु.३०००/- का
दरले दस्तुर लाग्नेछ ।
ग) दर्ता भैसकेको कम्पनीले पूँजी वृद्धि गरेमा
:
पछिल्लो पूँजी कायम भएको थप पूँजी अनुरुप पहिले तिरीसकेको
दस्तुर कट्टा गरी नपुग
रकम नयाँ दररेट अनुसार वुझाउनुपर्नेछ ।
घ) कम्पनी ऐन, २०६३ ले थप व्यवस्था गरेका दस्तुर
:
१. दफा १३ को उपदफा
(२) र (४) को प्रयोजनको लागि प्रा.लि.बाट प.लि.मा र प.लि.बाट
प्रा.लि. मा परिणत गर्दा नयाँ दर्ता गर्दा लाग्ने दस्तुरको ५० प्रतिशत रकम ।
२. दफा २१ को उपदफा
(३) को प्रयोजनको लागि कम्पनीको नाम परिवर्तन गर्दा लाग्ने
दस्तुर नयाँ दर्ता गर्दा
लाग्ने प्रचलित दस्तुरको २५ प्रतिशत वा बढिमा रु. ५,०००।-
३. दफा २३ को उपदफा
(६) र दफा २५ को उपदफा
(२) को प्रयोजनको लागि प्रतिलिपि दस्तुर
प्रतिपेज रु. १०।-
४. दफा ५६ को उपदफा
(३) को प्रयोजनको लागि शेयर पूँजी वृद्धिमा लाग्ने दस्तुर । दफा
५६.१ (क) र -ख) को
पूँजी वृद्धिको हकमा हाल कायम हुने अधिकृत पूँजीमा साविकमा तिरेको
रजिष्ट्रेशन दस्तुर कट्टी गरी वाँकी हुन आउने रकम । दफा ५६.१
(ख) अनुसार साविक
पूँजीमा हेरफेर नभएमा
वा कमी भएमा र दफा ५६ .१
(ग) को हकमा रु. १,०००।-
५. दफा १२४ को उपदफा
(१) को प्रयोजनको लागि निरीक्षकको प्रतिवेदनको प्रतिलिपि पाउन
लाग्ने दस्तुर रु. १००।-
६. दफा १३६ को उपदफा
(१) को खण्ड (क) र दफा १५८ को उपदफा
(१) को प्रयोजनको लागि
कम्पनीको दर्ता
खारेज गर्दा लाग्ने दस्तुर रु. १०,००,०००।- रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनी
भए रु. १,०००।- र सो भन्दा
बढी चुक्ता पूँजी भएकोमा रु. ५,०००।-
७. दफा १५० को उपदफा
(२) को प्रयोजनको लागि शेयरधनीले साधारण सभामा भाग नलिएको
कुराको उजूरी निवेदन
दिन लाग्ने दस्तुर रु. ५००।-
८. दफा १५३ को उपदफा
(३) को प्रयोजनको लागि एकल शेयरधनी भएको कम्पनीको शेयर
हस्तान्तरण तथा दाखिला खारिज भएको अभिलेखको लागि दर्ता गर्दा लाग्ने दस्तुर अनुसारको
रकम ।
९. दफा १५४ को उपदफा
(९) को प्रयोजनको लागि विदेशी कम्पनीको दर्ता कितावको
प्रतिलिपिको लागि लाग्ने दस्तुर प्रतिपेज- रु. ५०।-
१०. नेपाल सरकारले कम्पनी ऐन, २०६३ को दफा २८ को उपदफा
(३) र दफा १८२ को
उपदफा (३) को प्रयोजनाको लागि वाषिर्क सयकडा १०% ब्याजदर तोकेको छ ।
ड.) कम्पनी ऐन, २०६३ बमोजिम संशोधित भै लागू भएको जरिवाना सम्बन्धि व्यवस्था
विवरण नपठाएमा जरिवाना हुने
(दफा ८१) :
यस ऐन बमोजिम कम्पनीले कार्यालयलाई उपलब्ध गराउनु पर्ने कुनै विवरण, सुचना वा
जानकारी वा कम्पनीलाई पदाधिकारी वा शेयरधनीले उपलब्ध गराउनु पर्ने जानकारी उपलब्ध
गराउन यस ऐनमा कुनै म्याद तोकिएकोमा त्यस्तो म्याद भित्र सम्बन्धित कम्पनीले
सञ्चालक वा त्यस्तो विवरण, सुचना वा जानकारी कार्यालय वा कम्पनीलाई उपलब्ध गराउनु
पर्नेछ ।
- उपदफा (१) बमोजिमको म्यादभित्र दफा ५१,७८,१२०,१३१ वा १५६ बमोजिमको विवरण, सुचना,
जानकारी वा जवाफ उपलब्ध नगराउने देहायका कम्पनीका संचालक वा त्यसका पदाधिकारीलाई
रजिष्ट्रारले देहाय बमोजिम जरिवाना गर्नेछ ।
(क) म्याद भुक्तान भएको तिन महिनाा सम्मको लागि पच्चीसलाख रुपैंयासम्म चुक्ता पुँजी
भएको कम्पनी भए एक हजार रुपैंया, एककरोड रुपैंयासम्म चुक्ता पुँजी भएको कम्पनी भए
दुइ हजार रुपैंया र सो भन्दा बढि चुक्ता पुँजी भ&