मुख्य पृष्ठ
 कार्यालय स्थापना एवं परिचय
 सूचनाहरु
 अनुसूचिहरु
 सम्पर्क ठेगाना
 Your Suggestion
 Registration Process    Information
 Related Links
 Others


कार्यालय स्थांपना एवं परिचय

१. पृष्ठभूमि

कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग, बाणिज्य तथा आपूर्र्ति मन्त्रालय अन्तर्गत २०४९ साल माघ महिनामा स्थापित विभागस्तरीय कार्यालय हो । यो कार्यालय स्थापना हुनुभन्दा अगाडि कम्पनी प्रशासन सम्वन्धी कार्यहरु विभिन्न निकायहरु उद्योग विभाग, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग विभाग, कृषि विभाग लगायतका निकायहरुबाट सम्पादन हुने गरेकोमा कम्पनी ऐनको प्रयोग तथा पालनामा एकरुपता ल्याउने उद्देश्यबाट सबै प्रकारका कम्पनी प्रशासनसम्वन्धी काम कारवाहीहरु समान र एकै किसिमले एउटै निकायबाट सम्पादन गर्न यस कार्यालयको स्थापना भएको हो । यस कार्यालयको कार्य क्षेत्र नेपाल अधिराज्यभरी रहेको छ । यस कार्यालयको शाखा कार्यालयहरु हालसम्म स्थापना गरिएका छैनन् । कम्पनी ऐनको इतिहास हेर्दा र्सवप्रथम कम्पनी ऐन १९९३ आएको र सो पश्चात कम्पनी ऐन २०२१, कम्पनी ऐन २०५३, कम्पनी अध्यादेश २०६२ हुदै हाल कम्पनी ऐन २०६३ लागू भएको छ ।

२. दृष्टिकोण

कम्पनीका संस्थापक र र्सवसाधारणलाइ सुलभ र प्रभावकारी सेवा उपलव्ध गराउने ।

३. अवधारणा
  • नया दर्ता हुने कम्पनीहरुको छिटो छरितो र प्रभावकारी सेवा उपलव्ध गराउने ।
  • कम्पनी ऐन बमोजिम आवश्यक क्रियाकलाप र कागजातहरुको माध्यमबाट समेत अनुगमन गर्ने ।
  • कम्पनी सम्बन्धि जानकारी र कागजातहरु सम्बद्ध पक्ष, र्सवसाधारण सदस्य र सरोकारवालालाई उपलव्ध गराउने ।
  • कम्पनी प्रशासनका क्षेत्रमा आइपरेका चूनौतीहरुलाइ स्पष्ट र प्रभावकारी रुपमा समाधान गर्दै कम्पनी प्रशासन सम्बन्धि सेवाहरु उपलव्ध गराउने ।

४. उद्देश्य

कम्पनी ऐन वमोजिम शेयरको विक्रीबाट पूँजी उर्ठाई सीमित दायित्वका आधारमा त्यसबाट कुनै उद्योग व्यवसाय गर्न चाहने व्यक्ति वा समुहले प्रा.लि. तथा प.लि. कम्पनी दर्ता गर्न चाहेमा उक्त ऐन वमोजिम कम्पनी दर्ता गरिदिई ती कम्पनीहरुलाई आर्थिक तथा कानूनी अनुशासनमा राखी संचालन गर्न लगाई औद्योगिक तथा व्यापारिक प्रवर्द्धनमा सहयोग पुर्‍याई पूँजी बजारको विकासमा थप टेवा पुर्‍याउने कम्पनी रजिष्ट्रारको कार्यालयको उद्देश्य रहेको छ ।

५. प्रमुख कार्यहरु
  • कम्पनी ऐन,२०६३ वमोजिम प्राइभेट लिमिटेड, पव्लिक लिमिटेड, मुनाफा वितरण नगर्ने कम्पनीहरु दर्ता गर्ने ।
  • प.लि.कम्पनीहरुको विवरण पत्र प्रकाशित गर्नु पूर्व जांचवुझ गरी अभिलेख राख्ने ।
  • शेयर पूँजी वढाउन र कम्पनीहरुको नाम परिवर्तन वा संशोधन गर्ने लगायत प्रवन्धपत्र र नियमावलीमा अन्य संशोधन गर्न स्वीकृति दिने ।
  • दर्ता भएका कम्पनीहरुले कम्पनी ऐन वमोजिम कार्य गरे नगरेको अनुगमन गर्ने, छानविन गर्ने र आवश्यकतानुसार निरीक्षक समेत खटाउने ।
  • कम्पनी ऐन, २०६३ को सम्वन्धमा राय परामर्शहरु उपलव्ध गराउने ।
  • प्रवन्धपत्र एवं नियमावलीमा आवश्यकता अनुसार संशोधनको अभिलेख गर्ने ।
  • कम्पनीहरुको अद्यावधिक अभिलेख राख्ने ।
  • कम्पनी ऐन अनुसार कम्पनीको खारेजी सम्वन्धी कार्य गर्ने ।
  • कम्पनी ऐन, २०६३ विपरित हुने गरी काम कारवाही भएको कुरा शेयरवालाको उजूरी तथा अन्य तरिकाबाट जानकारी हुन आएमा आवश्यक कारवाही गरी नियमित गराउने ।
  • कम्पनीहरु गाभ्ने सम्वन्धी काम कारवाही गर्ने ।
  • कम्पनी ऐन,२०६३ बमोजिम तोकिएका विवरण, सूचना तथा जानकारीहरु निर्धारित समयमा दाखिला गर्न लगाउने र नगर्ने कम्पनीलाई तोकिए बमोजिम जरिवाना तथा खारेजी सम्बन्धी कार्य गर्ने ।
  • उल्लेखित कार्यहरु बाहेक कम्पनी ऐन,२०६३ ले निर्दिष्ट गरेका अन्य कार्यहरु सम्पादन गर्ने ।
  • नेपाल सरकारबाट समय समयमा भए गरेका निर्देशन अनुसार अन्य काम कारवाही गर्ने ।

६. कम्पनीका प्रकारहरु:

कम्पनी भन्नाले कम्पनी ऐन,२०६३ अनुरुप प्राइभेट.लिमिटेड तथा पव्लिक लिमिटेडको रुपमा संस्थापन गरेका अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थालाई बुझिन्छ । यसले व्यक्तिसरह चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, वेचविखन गर्न वा अन्य किसिमले व्यवसाय गर्न सक्छ, साथै यसले आफ्नो नामबाट नालिस उजुर समेत गर्नसक्छ ।
  • प्राइभेट लिमिटेड कम्पनी
  • पव्लिक लिमिटेड कम्पनी
  • मुनाफा वितरण नगर्ने कम्पनी
  • विदेशी कम्पनीको शाखा । सम्पर्क कार्यालय

७. कम्पनी दर्ता सम्बन्धमा ध्यान दिनुपर्ने कुराहरु:

नेपाली नागरिक शेयरधनी रहने गरी संस्थापन हुने कम्पनीको सम्बन्धमाः
  • रु. ५ को टिकट टांसिएको अनुसूची १ बमोजिमको निवेदन ।
  • अनुसूचीमा निर्धारित भए बमोजिमको प्रबन्धपत्र र नियमावलीको २।२ प्रति ।
  • संस्थापक शेयरधनीहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • कम्पनी संस्थापना गर्नु अघि संस्थापकहरुबीच कुनै संझौता भएको रहेछ भने सोको प्रतिलिपि ।
  • प्राइभेट । साझेदारी र्फमबाट कम्पनीमा परिणत गरी दर्ता गर्ने भए सम्बन्धित निकायको राय ।
  • कुनै निकायको पूर्व स्वीकृति वा इजाजत आवश्यक पर्ने भए त्यस्तो निकायको स्वीकृति वा इजाजत ।
  • संस्थापक नेपाली कम्पनी (कानूनी व्यक्ति) भएमा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थापना हुन लागेको कम्पनीमा के, कति र कसरी लगानी गर्ने तथा संस्थापक कम्पनीको प्रतिनिधित्व गर्ने व्यक्तिको नाम खुलाइएको संचालक समीतिको निर्णयको प्रतिलिपि र प्रतिनिधिको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

विदेशी नागरिक संस्थापक तथा शेयरधनी रहने गरी स्थापना हुने संयुक्त लगानी वा पूर्ण विदेशी लगानी हुने कम्पनीको लागी आवश्यक थप कागजपत्र ।

  • प्रचलित कानून वमोजिम सम्वन्धित निकायबाट नेपाल अधिराज्यभित्र लगानी गर्न अनुमति पाएको इजाजतपत्रको प्रतिलिपि,
  • संयुक्त लगानी हुने औद्योगिक कम्पनीको हकमा उद्योग विभागबाट स्वीकृति तथा संयुक्त लगानी सम्झौताको प्रतिलिपि,
  • विदेशी व्यक्ति संस्थापक भएमा निजको राहदानी (पासपोर्ट) को प्रमाणित प्रतिलिपि र कानूनी व्यक्ति (कम्पनी) भए कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा कम्पनीले लगानी गर्ने सम्वन्धी निर्णयको प्रतिलिपि र कम्पनीको तर्फाट प्रतिनिधित्व गर्ने व्यक्तिको मनोनयन पत्र एवं निजको राहदानीको प्रमाणित प्रतिलिपि ।

८. कम्पनीले निम्न उल्लेखित विवरण, सूचना वा जानकारी तोकिएको म्यादभित्र कार्यालयमा उपलव्ध नगराएमा तोकिएबमोजिम कम्पनी ऐन, २०६३ को दफा ८१ मा तोकिए अनुसार जरिवाना लाग्ने व्यवस्था गरेको छ ।

१. दफा २१ (२) वमोजिम प्रवन्ध-पत्र तथा नियमावलीमा भएको संशोधनको ३० दिन भित्र ।

२. दफा ३१ वमोजिम शेयर वाँडफाँड गरी सो वाँडफाँड भएको ३० दिन भित्र ।

३. दफा ३२ अनुसार धितोपत्र कारोवारको संझौता भएको ७ दिन भित्र ।

४. दफा ५१(१) अनुसार शेयरधनी र डिवेञ्चरवालाको लगत तयार गरी दफा ५१ (३) अनुसार प्रथम वार्षिक साधारण सभा भएको वा परिवर्तन भएमा सो मितिले ३० दिन भित्र ।

५. दफा ४७ (२) अनुसार शेयरमा रहेको हक सम्वन्धी जानकारी ७ दिन भित्र ।

६. दफा ७८ वमोजिमको प्रतिवेदन साधारण सभा हुनुभन्दा कम्तिमा २१ दिन भित्र ।

७. दफा ८० (१) अनुसार पव्लिक कम्पनीले वार्षिक साधारणसभा भएको ३० दिन भित्र ।

८. दफा ८० (२) अनुसार प्रा.लि. ले लेखापरीक्षकद्वारा प्रमाणित गरिएको आर्थिक विवरण आ.व. पूरा भएको ६ महिना भित्र ।

९. दफा ९२ (३) अनुसार संचालकहरुले आफ्नो पद वहाली गरेको ७ दिन भित्र कम्पनीमा र कम्पनीले उक्त जानकारी पाएको ७ दिन भित्र जानकारी गराउने ।

१०. दफा १०७ (२) अनुसार संचालकहरु वा कम्पनी सचिवको हेरफेर भएमा सो मितिले १५ दिन भित्र ।

११. दफा १११ (२) अनुसार नियुक्त लेखापरीक्षकको नाम १५ दिन भित्र ।

१२. दफा १५३ (२) अनुसार हक प्राप्त गर्ने व्यक्तिले हक प्राप्त गरेको प्रमाण सहितको जानकारी १ महिना भित्र ।

१३. दफा १७७ अनुसार कम्पनी गाभ्ने प्रस्ताव पारित भएको ३० दिन भित्र ।

१४. दफा १८४ अनुसार कम्पनीको ठेगाना संस्थापना भएको मितिले ३ महिनाभित्र ।



९. नेपाल सरकारले कम्पनी ऐन, २०६३ को देहायका कम्पनी दर्ता प्रयोजनको लागि देहाय वमोजिमको दस्तुर तोकेको छ :-

क) देहायको अधिकृत पूजी भएको प्राईभेट लिमिटेड कम्पनी (दफा ४ को प्रयोजनको लागि) :

सि.नं. अधिकृतपूजी देखि अधिकृतपूजी सम्म राजश्व रकम
१. रु १,००,०००/- रु. १,०००/-
२. रु. १,००,००१/- रु ५,००,००० /- रु. ४,५००/-
३. रु. ५,००,००१/- रु २५,००,००० /- रु. ९,५००/-
४. रु. २५,००,००१/- रु १,००,००,००० /- रु. १६,०००/-
५. रु. १,००,००,००१/- रु २,००,००,००० /- रु. १९,०००/-
६. रु. २,००,००,००१/- रु ३,००,००,००० /- रु. २२,०००/-
७. रु. ३,००,००,००१/- रु ४,००,००,००० /- रु. २५,०००/-
८. रु. ४,००,००,००१/- रु ५,००,००,००० /- रु. २८,०००/-
९. रु. ५,००,००,००१/- रु ६,००,००,००० /- रु. ३१,०००/-
१०. रु. ६,००,००,००१/- रु ७,००,००,००० /- रु. ३४,०००/-
११. रु. ७,००,००,००१/- रु ८,००,००,००० /- रु. ३७,०००/-
१२. रु. ८,००,००,००१/- रु ९,००,००,००० /- रु. ४०,०००/-
१३. रु. ९,००,००,००१/- रु १०,००,००,००० /- रु. ४३,०००/-
१४. रु. १०,००,००,०००/- भन्दा माथि प्रति १ लाखको रु ३०/- का दरले दस्तुर लाग्ने छ ।


ख) देहायको अधिकृत पूजी भएको पव्लिक लिमिटेड कम्पनी (दफा ४ को प्रयोजनको लागि) :

सि.नं. अधिकृतपूजी देखि अधिकृतपूजी सम्म राजश्व रकम
१. रु १,००,००,००० /- सम्म रु. १५,०००/-
२. रु १,००,००,००१ /- रु १०,००,००,००० /- रु. ४०,०००/-
३. रु १०,००,००,००१ /- रु २०,००,००,००० /- रु. ७०,०००/-
४. रु २०,००,००,००१ /- रु ३०,००,००,००० /- रु. १००,०००/-
५. रु ३०,००,००,००१ /- रु ४०,००,००,००० /- रु. १३०,०००/-
६. रु ४०,००,००,००१ /- रु ५०,००,००,००० /- रु. १६०,०००/-
७. रु. ५०,००,००,०००/- भन्दा माथि प्रति १ करोडको रु.३०००/- का दरले दस्तुर लाग्नेछ ।


ग) दर्ता भैसकेको कम्पनीले पूँजी वृद्धि गरेमा पछिल्लो पूँजी कायम भएको थप पूँजी अनुरुप पहिले तिरीसकेको दस्तुर कट्टा गरी नपुग रकम नयाँ दररेट अनुसार वुझाउनुपर्नेछ ।

१० .कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६४ साल आषाढ मसान्तसम्म संस्थापना भएका कम्पनीहरुको विवरण :

(क) प्राइभेट कम्पनीको संख्या : ५४९०९
(ख) पव्लिक कम्पनीको संख्या : १३०५
(ग) मुनाफा वितरण नगर्ने कम्पनीको संख्या : ७४
(घ) बिदेशी कम्पनीको शाखा । सर्म्पर्क कार्यालयको संख्या : १७


११. विगत ३ वर्षको कार्यालयको वाषिर्क प्रगति विवरण :

सि.नं. कामको विवरण आ.व.
०६१/६२ ०६२/६३ ०६३/६४
१. प्रा.लि.दर्ता ६४८१ ३६०८ ६५९८
२. प.लि.दर्ता ३७ २९ ३६
३. मुनाफा रहित कम्पनी दर्ता   २५ ४९
४. विदेशी कम्पनीको सर्म्पर्क कार्यालय दर्ता   १०
५. शेयर लगत अभिलेख २१३२ २१३० ३६७१
६. कम्पनीको खारेजी १६ १७ २५
७. ठेगाना परिवर्तन ३९४ ३१६ ४८९
८. शाखा थप/घटको स्विकृत १५६ १०१ १६४
९. उद्देश्य थपको स्विकृति ९५ ४२ ६३४
१०. नाम परिवर्तनको स्विकृति १३८ १८४ २३३
११. संचालक लगतको अभिलेख १४८ १२५ १९६
१२. पुजी वृद्धिको अभिलेख ४७३ ५०३ ७२४
१३. प.लि.कारोवार गर्ने स्विकृति ११ ३९


१२ कम्पनी रजिष्ट्रारको कार्यालयमा कार्यरत जनशक्ति विवरण :

सि. नं. दर्जा/श्रेणी दरवन्दी संख्या
रजिष्ट्रार/रा.प.प्रथम
उपसचिव (न्याय)/रा.प.द्वि.
उपरजिष्ट्रार/रा.प.द्वि.
लेखा अधिकृत/रा.प.तृ.
सहायक रजिष्ट्रार/रा.प.तृ.
कम्प्युटर अधिकृत
ना.सु./रा.प.अनं.प्र.
लेखापाल/रा.प.अनं.प्र
टा.ना.सु./रा.प.अनं.प्र
१० कम्प्युटर अपरेटर/रा.प.अनं.प्र
११ खरिदार/रा.प.अनं.द्वि.
१२ ड्राइभर/श्रेणीविहिन
१३ पियन/पाले/कुचिकार