मुख्य पृष्ठ
 कार्यालय स्थापना एवं परिचय
 कम्पनी, कम्पनी दर्ता तथा    कम्पनी प्रशासन
 कम्पनी संस्थापनापश्चात    कम्पनीले अनिवार्यरुपमा    गर्नुपर्ने क्रियाकलापहरु
 कम्पनी संचालन सम्बन्धि    अनुगमन व्यवस्था
 अनुसूचिहरु र डाउनलोड्स
 सूचनाहरु
 सम्पर्क ठेगाना र सुझाव
 Registration Process    Information
 Related Links


Online Company Search:

Search  

कम्पनी प्रशासन

४ . १ कम्पनी संस्थापना पश्चात कम्पनीले पालन गर्नै पर्ने शर्तहरु :

कम्पनी ऐन , २०६३ एवं यस कार्यालयबाट समय समयमा प्रकाशित सुचना अनुसार कम्पनीले निम्न शर्तहरु पालना गर्नु पर्दछ :
  • कम्पनी दर्ता हुँदा उल्लेख गरिएका उद्देश्य कार्यान्वयन गर्नु अघि नेपाल सरकारका अन्य निकायबाट स्वीकृति वा इजाजत लिनुपर्ने गरी व्यवस्था भएकोमा तदनुरुप स्वीकृति तथा इजाजत लिनुपर्ने छ ।
  • कम्पनीले संचालन गर्न चाहेको उद्योग , व्यवसाय , एजेन्सीका सम्वन्धमा उद्योग विभाग , बाणिज्य विभाग , घरेलु तथा साना उद्योग विभागबाट उद्योग दर्ता गराउनुपर्नेछ ।
  • कम्पनी संस्थापना भैसकेपछि कारोवार शुरु गर्नुभन्दा अघि सम्वन्धित आन्तरिक राजस्व कार्यालयबाट स्थायी आयकर लेखा नम्वर लिनुपर्दछ ।
  • कम्पनीको रजिष्टर्ड कार्यालय र कारोवार गर्ने स्थानमा राष्ट्र भाषा नेपालीमा साइन वोर्ड राख्नुपनर्नेछ ।
  • कम्पनीले गर्नु पर्ने सम्पुर्ण कारोवारहरु सम्वन्धित कम्पनीको नामबाट गर्नु पर्ने छ ।
  • कम्पनी ऐन २०६३ अनुसार पेश गर्नु पर्ने सबै कागजातहरु ऐनमा उल्लिखित म्यादभित्र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्नु पर्ने छ ।
  • प्राइभेट लिमिटेड कम्पनीले आफ्नो नामको पछाडि प्रा . लि . र पव्लिक लिमिटेड कम्पनीले आफ्नो नामको पछाडि " लिमिटेड " वा " लि ." लेख्नु पर्नेछ ।
  • प्राइभेट लिमिटेड कम्पनीले आफ्नो शेयर तथा डिवेन्चर खुल्ला रुपमा वितरण गर्नु हुँदैन ।प्रवन्धपत्र , नियमावली र सर्वसम्मत सम्झौतामा व्यवस्था गरिएकोमा वाहेक प्राइभेट लिमिटेड कम्पनीले आफ्नो धितोपत्र आफ्नै शेयरवालाहरु वाहेक अन्य व्यत्तिहरुलाई धितोवन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिनुहुँदैन ।
  • कसैलाई पीर मर्का नपर्ने गरी कम्पनीको स्थापना तथा संचालन गर्नु पर्दछ ।
४ . २ कम्पनीले अनिवार्य रुपमा पेश गर्नु पर्ने कागजातहरु :
  • कम्पनीबाट भएका वार्षिक साधारण सभा एवं विशेष सधारण सभाका निर्णयको प्रमाणित प्रतिलिपिहरु
  • शेयर आह्वान , शेयर खरीद विक्रि सम्बन्धी निर्णयका प्रमाणित प्रतिलिपिहरु
  • संचालक समितिको चयन तथा परिवर्तन सम्वन्धी निर्णयका प्रमाणित प्रतिलिपिहरु
  • शेयर दर्ता कितावको प्रतिलिपि र शेयरधनी परिवर्तन भएमा तदनुरुप दर्ता किताव वनाई पेश गर्ने र नवप्रवेशी शेयरधनीको नागरिकताको प्रमाणित प्रतिलिपि समेत कार्यालयमा पेश गर्ने ।
  • विदेशी नागरिकलाई शेयर विक्रि गर्नु पर्ने अवस्थामा उद्योग विभागको स्वीकृति लिई शेयर विक्रि गर्नु पर्ने र त्यस्तो स्वीकृतिको प्रमाण सहित शेयर लागत बनाई पठाउनु पर्ने।
  • कम्पनीको प्रत्येक वर्षको हिसाव रजिष्टर्ड लेखापरीक्षकबाट लेखापरीक्षण गराई त्यस्तो लेखापरीक्षणलाई वार्षिक साधारण सभाबाट अनुमोदन भएको हुनुपर्ने र तत्सम्वन्धी निर्णय सहित लेखापरीक्षकको प्रतिवेदन कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्नु पर्ने ।
४ . ३ कम्पनीले कार्यालयबाट प्राप्त गर्ने सेवाको लागि पेश गर्नु पर्ने कागजातहरु:

४ . ३ . १ लिमिटेड कम्पनीको कारोवार गर्ने स्वीकृति :
  • संस्थापक शेयरधनीहरुले लिन कवुल गरेको शेयर वापतको शतप्रतिशत रकम चुत्ता भएको संचालक समितिको निर्णयको प्रतिलिपि ।
  • कम्पनीका संस्थापक शेयरधनीहरुले लिन कवुल गरेको शेयर वापतको शत प्रतिशत रकम चुत्ता भएको प्रमाणपत्र वा शेयरवालाको लागत ।
  • दर्तावाला लेखापरीक्षकले तयार गरेको वासलात र लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि ।
  • वासलातमा देखाएको बैंक जम्माको वैंक विवरण प्रमाणित गर्ने भौचर वा तत् ‍ सम्वन्धी कागजात ।
  • जारी भएको शेयर प्रमाणपत्रको प्रतिलिपि संस्थापकहरुको संख्या बढी भएको खण्डमा र संचालक समितिको वैठकले सर्वसाधारणमा शेयर जारी भएपछि एकैपटक शेयर प्रमाणपत्र जारी गर्ने निर्णय भएमा पेश गर्न अनिवार्य न हुने।
  • प्रचलित नेपाल कानुन वमोजिम स्वीकृति वा इजाजत लिनुपर्नेमा सम्वन्धित निकायको स्वीकृति वा इजाजत ।
४ . ३ . २ अधिकृत तथा जारी पुजी वृद्धि :
  • कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र।
  • संशोधन गर्न चाहेको पुर्ण बिवरण साविक व्यवस्था , संशोधित व्यवस्था र संशोधन गर्नुपर्नेको कारण ।
  • कम्पनीको साधारण सभामा विशेष प्रस्ताव वा विशेष साधारण सभामा सम्बन्धित विषयको प्रस्तावमा छलफल गरी निर्णय भएको माइन्युटको प्रमाणित प्रतिलिपि ।
  • संचालकहरुको दस्तखत भएको थप वा संशोधित प्रवन्धपत्रको दफा वा नियमावलीको नियमको २ / २ प्रति ।
  • जुन विषयमा संशोधन गर्नु पर्ने हो ? अभिलेखको लागि सो विषय प्रवन्धपत्र वा नियमावली वा दुवैमा संशोधन गर्नु पर्ने जति दफा संशोधन सहितको दुई दुई प्रति प्रवन्ध पत्र वा नियमावली ।
  • विदेशी लगानी , बैदेशिक रोजगार , सुरक्षा गार्ड र वित्त सम्वन्धी कम्पनीको हकमा क्रमश : उद्योग विभाग , श्रम तथा रोजगार प्रवर्द्धन विभाग , सम्वन्धित क्षेत्रीय प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंकको स्वीकृति वा सिफारिश पत्र ।
  • अधिकृत पूँजी व ृ द्धि हुने अवस्थामा साविक पूँजी र हाल वृद्धि हुने पूँजीमा हुने अन्तर बमोजिमको रजिष्ट्रेशन दस्तुर ।
  • जारी पूँजीको लागि दस्तुर नलाग्ने ।
४ . ३ . ३ कम्पनीको नाम परिवर्तन / संशोधनः
  • कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र ।
  • संशोधन गर्न चाहेको पुर्ण बिवरण साविक व्यवस्था , संशोधित व्यवस्था र संशोधन गर्नु पर्नाको कारण ।
  • कम्पनीको साधारण सभामा विशेष प्रस्ताव वा विशेष साधारण सभामा सम्बन्धित विषयको प्रस्तावमा छलफल गरी निर्णय भएको माइन्युटको प्रमाणित प्रतिलिपि।
  • संचालकहरुको दस्तखत भएको थप वा संशोधित प्रवन्धपत्रको दफा वा नियमावलीको नियमको २ / २ प्रति ।
  • जुन विषयमा संशोधन गर्नु पर्ने हो ? अभिलेखको लागि सो विषय प्रवन्ध पत्र वा नियमावली वा दुवैमा संशोधन गर्नु पर्ने जति दफा संशोधन सहितको दुई/दुई प्रति प्रवन्ध पत्र वा नियमावली ।
  • विदेशी लगानी , बैदेशिक रोजगार , सुरक्षा गार्ड र वित्त सम्वन्धी कम्पनीको हकमा क्रमश : उद्योग विभाग , श्रम तथा रोजगार प्रवर्द्धन विभाग , सम्वन्धित क्षेत्रीय प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंकको स्वीकृति वा सिफारिश पत्र ।
  • कम्पनीको सक्कल प्रमाणपत्र ।
  • प्रकरण ४ . ४ मा उल्लेखित विषयसँग सम्बन्धित कम्पनी भए तत्सम्वन्धी स्वीकृति वा सिफारिश ।

द्रष्टव्य : कम्पनीको लेटर हेडमा कम्पनीको नामको तल एक वर्ष सम्म साविक कम्पनीको नाम उल्लेख हुनुपर्ने । राष्टियस्तरको पत्रपत्रिकामा ३ पटकसम्म नाम संशोधन गरिएको सार्वजनिक सूचना प्रकाशन गराउनुपर्ने ।



४ . ३ . ४ कम्पनीको रजिष्टर्ड कार्यालय र शाखा कार्यालयको ठेगाना परिवर्तन , शाखा थप , उद्देश्य थप तथा संशोधन र संचालक संख्यामा भएको थपघट एवं संशोधनको अभिलेख :
  • कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र ।
  • संशोधन गर्न चाहेको पुर्ण बिवरण साविक व्यवस्था , संशोधित व्यवस्था र संशोधन गर्नु पर्नाको कारण ।
  • कम्पनीको साधारण सभामा विशेष प्रस्ताव वा विशेष साधारण सभामा सम्बन्धित विषयको प्रस्तावमा छलफल गरी निर्णय भएको माइन्युटको प्रमाणित प्रतिलिपि।
  • संचालकहरुको दस्तखत भएको थप वा संशोधित प्रवन्धपत्रको दफा वा नियमावलीको नियमको २ / २ प्रति ।
  • जुन विषयमा संशोधन गर्नु पर्ने हो ? अभिलेखको लागि सो विषय प्रवन्ध पत्र वा नियमावली वा दुवैमा संशोधन गर्नु पर्ने जति दफा संशोधन सहितको दुई/दुई प्रति प्रवन्ध पत्र वा नियमावली ।
  • विदेशी लगानी , बैदेशिक रोजरागर , सुरक्षा गार्ड र वित्त सम्वन्धी कम्पनीको हकमा क्रमश : उद्योग विभाग , श्रम तथा रोजगार प्रवर्द्धन विभाग , सम्वन्धित क्षेत्रीय प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंकको स्वीकृति वा सिफारिश पत्र ।
४ . ३ . ५ शेयरधनीको लगत अभिलेख गर्ने :
  • कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र ।
  • हाल कायम रहेको शेयरधनीको दर्ता कितावको कम्पनी ऐन , २०६३ को दफा ३५ ( १ ) को ढाँचा अनुसारको लगत ।
  • शेयर खरीद विक्रि एवं संचालक समितिको निर्णयानुसार हक हस्तान्तरण भएको निर्णयको प्रमाणित प्रतिलिपि ।
  • शेयर खरीद विक्रिको लिखत ।
  • सम्वन्धित निकाय नेपाल राष्ट्र बैंक , उद्योग विभाग , श्रम तथा रोजगार प्रवर्द्धन विभाग , पर्यटन उद्योग महाशाखा ( प . तथा ना . उ . म .) बाट शेयर खरीद विक्रिको लागि दिएको सहमति ।
  • नयाँ शेयरधनीको हकमा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
४ . ३ . ६ कागजातको प्रतिलिपि दिने :
  • कम्पनी वा सरोकारवालाले प्रतिलिपि आवश्यक पर्नाको कारण खुलाई पेश गरेको निवेदन प्राप्त भएमा देहाय वमोजिमको प्रतिलिपि दिइने छ :
  • प्रवन्धपत्र , नियमावली , विवरणपत्र , वार्षिक हिसाव र लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि शेयरवाला स्वयं वा अरु कुनै सरोकारवालाले माग गरेमा सम्वन्धित कम्पनीले तोकिएको दस्तुर लिई त्यस्तो लिखतको प्रतिलिपि उपलव्ध गराउनु पनेर्छ।
  • कार्यालयमा दाखिल भएको पव्लिक लिमिटेड कम्पनीको कुनै पनि कागजातको प्रतिलिपि कसैले माग गरेमा तोकिएको दस्तुर लिई कम्पनी रजिष्ट्रारको कार्यालयले त्यस्तो प्रतिलिपि उपलव्ध गराउनु पर्नेछ ।
द्रष्टव्य : कम्पनीले अनिवार्य रुपमा पेश गर्ने पर्ने कागजातहरु पेश नभएको अवस्थामा माग भएको कागजको प्रकृतिको आधारमा नपुग कागजात पेश भएपछि मात्र प्रतिलिपि दिने गरी निर्णय गर्न सकिने छ ।

४ . ३ . ७ शेयर पूँजी घटाउने स्वीकृति :
  • कम्पनीको आवेदनपत्र वा अनुरोध पत्र ।
  • संशोधन गर्न चाहेको पूर्ण बिवरण साविक व्यवस्था , संशोधित व्यवस्था र संशोधन गर्नु पर्नाको कारण ।
  • कम्पनीको साधारण सभामा विशेष प्रस्ताव वा विशेष साधारण सभामा सम्बन्धित विषयको प्रस्तावमा छलफल गरी निर्णय भएको माइन्युटको प्रमाणित प्रतिलिपि।
  • जुन विषयमा संशोधन गर्नु पर्ने हो ? अभिलेखको लागि सो विषय प्रवन्ध पत्र वा नियमावली वा दुवैमा संशोधन गर्नु पर्ने जति दफा संशोधन सहितको दुई/दुई प्रति प्रवन्ध पत्र वा नियमावली ।
  • विदेशी लगानी , बैदेशिक रोजरागर , सुरक्षा गार्ड र वित्त सम्वन्धी कम्पनीको हकमा क्रमश : उद्योग विभाग , श्रम तथा रोजगार प्रवर्द्धन विभाग , क्षेत्रीय प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंकको स्वीकृति वा सिफारिश पत्र ।
  • कम्पनीका साहुहरुको लागत ।
  • राष्टियस्तरको पत्रपत्रिकामा प्रकाशित गरेको सूचनाको सक्कल प्रति ।
४ . ३ . ८ कम्पनीको एकिकरण गर्ने / गाभ्ने स्वीकृति :
  • गाभिने र गाभ्ने कम्पनीको वार्षिक साधारण सभा वा विशेष साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपि ।
  • गाभ्ने , गाभिने कम्पनीहरुको साहुको लगत ।
  • गाभिने कम्पनीको कर चुक्ताको प्रमाणपत्र वा फुकुवा पत्र ।
  • दुवै कम्पनीका सक्कल प्रमाणपत्रहरु ।
  • सम्वन्धित निकायको सिफारिश वा स्वीकृति पत्र ।
४ . ३ . ९ प्रा . लि . लाई पव्लिक लिमिटेड र प . लि . लाई प्रा . लि . मा परिणत गर्ने :
  • कम्पनीहरुको अनुरोधपत्र ।
  • साधारण सभा वा विशेष साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपि।
  • परिणत हुने प्रा . लि . वा प . लि . को प्रवन्धपत्र र नियमावली २ / २ प्रति।
  • संस्थापक थप हुने भए नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
४ . ३ . १० विवरण पत्र प्रकाशन गर्न स्वीकृति दिने :
  • कम्पनीको अनुरोध पत्र ।
  • सबै संचालकबाट हस्ताक्षर भएको कम्पनी ऐन , २०६३ को दफा २१ ( २ ) अनुसूची ७ को ढाँचाको २ प्रति विवरणपत्र ।
  • नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्ड वा बीमा समितिबाट प्राप्त राय / प्रतिक्रिया।
  • विवरण पत्र प्रकाशित गर्न स्वीकृत भएको वार्षिक साधारण सभाको निर्णय
  • विवरणपत्र प्रकाशित हुने मितिसम्मको लेखापरीक्षण प्रतिवेदन ।
४ . ३ . ११ कम्पनीको दर्ता खारेजी :

( क ) स्वेच्छाले खारेजी ( कम्पनी ऐन , २०६३ को दफा १११ अनुसार )
  • वार्षिक वा विशेष साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपि ।
  • लिक्विडेटरको नियुत्ति पत्रको प्रतिलिपि ।
  • कम्पनी खारेजी मितिसम्मको लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुत्तिको प्रतिलिपि।
  • लिक्विडेटरले कम्पनी खारेजीको सम्वन्धमा राष्टि्रयस्तरको पत्रपत्रिकामा प्रकाशित गरेको सूचनाको प्रतिलिपि ।
  • लेखापरीक्षकले पेश गरेको अन्तिम हिसाव ।
  • लिक्विडेटरले कम्पनीको तिर्न बुझाउनु पर्ने हिसाव फरक फरक गरी साधारण वा विशेष साधारण सभामा पेश गरेको अन्तिम प्रतिवेदनलाई उत्त सभाबाट अनुमोदन भएको निर्णयको प्रमाणित प्रतिलिपि।
  • कम्पनी खारेजीको मितिसम्मको कर , राजस्व चुत्ता भएको आन्तरिक राजस्व कार्यालय तथा सवारी कर चुत्ता भएको सम्वन्धित कार्यालयको पत्र ।
  • लिक्विडेटरको अन्तिम प्रतिवेदन सहितको कम्पनी खारेज गरिपाउँ भन्ने निवेदन।
( ख ) कार्यालय बाट खारेजी ( कम्पनी ऐन , २०६३ को दफा १०१ अनुसार )
  • पब्लिक लिमिटेड कम्पनीको साधारण वा विशेष साधारण सभा बाट कम्पनी खारेज गर्ने निर्णय भई वा प्राइभेट लिमिटेड कम्पनीको हकमा सर्वसम्मत सम्झौता वा कम्पनी ऐन , २०६३ मा ब्यवस्था भए बमोजिम निर्णय गरी सो को प्रमाणित प्रतिलिपि ।
  • कम्पनी ऐन , २०६३ को दफा १०१ ( ग ) अनुसार साहुको निवेदन ।
  • कम्पनी खारेज हुनुपर्ने कारण , प्रमाण खुलेको कागजात ।
४ . ४ विशेष उद्देश्य र वैदेशिक लगानी सम्बन्धी कम्पनीको हकमा भएको विशेष व्यवस्था :

वैदेशिक रोजगार लगायतका श्रम मन्त्रालयको कार्यक्षत्र भित्र पर्ने विषयहरु , सुरक्षा गार्ड सम्बन्धी गृह मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने विषयहरु , वित्त सम्वन्धी विषयहरु र वैदेशिक लगानी भएका एवं वैदेशिक लगानीको लागि प्रस्तावित भएको अवस्थाका कम्पनीले यस कार्यालयबाट कम्पनी प्रशासन सम्बन्धी कार्यको लागि माग निवेदन गर्नु अघि सम्बन्धित निकायको स्वीकृति अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

४ . ५ कामको लागि लाग्ने समय :

संलग्न नागरिक बडापत्रको तालिकामा उल्लेखित समय ।